देउवा-पौडेल डिप लव, नेकपामा बैठकमा विप्लव : आजका हेडलाईन

प्रकाशित मिति: १० पुष २०७५, मंगलवार ०४:३७

 

विमानस्थलमा प्रचण्ड–शेखर जुहारी : हिन्दुको कुरा किन ? एसिया समिट किन ?
-प्रचण्डको जवाफ : ओली–माधवलाई बोक्न, शेखरको जवाफ दुई तिहाईलाई ठोक्न ।

निर्मला काण्डमा हतारमा नतिजा खोज्दा कमजोरी भयो : आईजीपी खनाल
-कति कमजोर रहेछ पुलिस, तिम्रो भरोषा गर्न सकिंन ।

नेपालसँग १५०० मेगावट बिजुली किन्ने भारतीय कम्पनीको प्रश्ताव
-तर, उधारो !

भ्रष्टाचारको रेकर्ड स्थानीय तहले ब्रेक गऱ्यो
-उक्त रेकर्ड तोड्न प्रदेश र केन्द्रको प्रयास जारी ।

धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार : प्रधानमन्त्री
-आधार स्तम्भ हल्लिंदैछ, हात्ती पाईले कमजोर भएको आशंका !

नेकपामा बिष्णु पौडेलको प्रश्ताव : ‘पार्टी बैठक लाईभ गरौं ।’
-गोप्य बैठकबाटै अंग अंग देखिई सक्यो, लाइभ गरेर सर्वांङ्ग देखाउने योजना

देउवाले भने : ‘रामचन्द्रजी र मेरो डिप लभ छ ।’
-यो डिप लवलाई आन्तरिक विप्लवले खतरा पार्न सक्ने ।

मन्त्रीहरु मुख्यमन्त्रीको कार्यालयबाट ईन्धनको कुपन बुझ्छन्, मन्त्रालयको कुपनबाट तेल हाल्छन्
-मन्त्रीका तिन्टा मुख हुन्छन्, अझै एउटा कुपन पुगेन…

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com