पत्ता लाग्यो, मेलम्चीमा प्रधानमन्त्रीलाई गुमराहमा राख्ने ! आजका हेडलाईन

प्रकाशित मिति: १२ पुष २०७५, बिहीबार ०३:४१

खबरदार प्रधानमन्त्रीलाई अण्डर ईस्टिमेट नगरियोस् । उहाँ आफैं गुमराहमा बस्न सक्नुहुन्छ ।

पर्यटनमन्त्रीलाई सांसदको प्रश्न: फुटबल किनेको कि जहाज ?
किनेको त जहाज नै हो तर आफैं फुटबल भईयो । हान्या हान्यै छन् ।

पर्यटनमन्त्री र सचिवलाई सांसदको प्रश्न: अनियमितता ताहा पाउँदा पाउँदै किन गरियो भुक्तानी ?
थाहै थिएन दिल आगो बिना नै पोल्दो रहेछ ।

नारायणकाजीसँग पूर्व राजाको गुनासो : काठमाण्डौ–पोखरा सडकले सास्ती भयो
ठिक छ,मैंले बुझेँ !

दिगम्बर झाले दिए राजीनामा
राजीनामा हो कि दबाबनामा हो, क्लियर हुन बाँकी छ

उत्तर–दक्षिण कतैपनि सरकारप्रति विश्वास देखिँन– डाक्टराम भट्टराई
आफु सरकारमा नहुन्जेल कहिलेपनि देखिन्न, लगे रहो बाबुभाइ…

संसदमा सरकार र प्रतिपक्षको जुहारी : प्रधानमन्त्रीले नै भ्रम छरेको देउवाको आरोप
होला, होला ! सर्पको खुट्टा सर्पले नै देख्छ भन्छन् ।

राप्रपाको माग : छयालिस सालपछिका सबै मन्त्री र हाकिमको सम्पती छानबिन गरियोस् ।
छयालिसभन्दा अगाडीलाई चाहिं श्री पशुपतिनातले कल्याण गरुन् !

बर्मेली नेपालीमा पनि बढ्दैछ क्रिष्चियन धर्मको प्रभाव
नेपालका नेपालीमा त छोडेको छैन, बर्मा छोड्छ त !

चोरीमा युवतीदेखि सुन ब्यापारीसम्मको कनेक्सन
ब्यापारीलाई पैसा चाहिने, युवतीलाई ऐंस चाहिने : सहकार्य  🙂 

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com