परराष्ट्रको बिज्ञप्तीमा गलत भाषा: लेख्नेलाई कारवाही, देख्नेलाई पुरस्कार…

प्रकाशित मिति: १३ पुष २०७५, शुक्रबार १३:३०

 

नेकपामा ओलीको प्रश्ताव अस्वीकृत, फरक मत राख्न नेताहरुले हात उठाए
-ओलीले भने: ‘हात तल झार्नोस्, तपाईंहरुका हात गल्लान् तर म छोड्नेवाला छैन ।’

धरहरामा प्रधानमन्त्री : ‘पहिले म नै बनाउछु, म नै चढ्छु ।’
-…तर खै, मेलम्चीको पानी र धरहराको कता उस्तै हुने हो कि !

सुगतरत्नको टिप्पणी: ‘देउवा र बाबुरामले नबुझी बोले !’
-कमिसन नबुझेकाले बोलेका हुन् कि कुरा नबुझेकाले, कुन्नी !

अनुयायीलाई बेपत्ता पारेको भन्दै राम बहादुर बम्जनबिरुद्ध प्रहरीमा उजुरी
-गुरु भ्रममा, गुरु बिक्नु, गुरु धेर भो महेश्वर
गुरु साक्षात् परम् भ्रममा, तस्मैश्री गोरुब्याए नम:

कृष्ण सिटौला भन्छन्: ‘देउवा र पौडेललाई मैले नेता मानेकै छैन !’
-आफैं सभापति बन्ने रिहर्सलको पहिलो शुरुवात !

एनआरएनको माग : नेपाली नागरिक सरह नागरिकता चाहियो
-नागरिकता पनि बराबर : कमाएको पैसा र सुबिधा पनि बराबर, हुन्छ !

धरहरामा अब ईतिहास झल्किन्छ, आधुनिकता टल्किन्छ
-झल्किने र टल्किने ताहा छैन, कुरैमात्र पत्याउनु भा’छैन ।

विज्ञप्तीमा गलत लेख्नेलाई परराष्ट्रले कारवाही गर्ने
-गल्ती देख्ने पहिलो ब्यक्तिलाई अन्तराष्ट्ले पुरस्कार दिने !

उच्च स्तरीय राजनैतिक वार्ता टोलीले भन्यो: राउत कार्यदेशमै परेनन्, विप्लव आएनन्
-बोलाएपनि राउत आउनेवाला तिएनन्, विप्लव दाईले बालै दिएनन्

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com