ठहर गरेर मात्र हुँदैन, ठहरै बनाउनु पर्छ वाइडबडीहरुलाई : आजका हेडलाइनरु

प्रकाशित मिति: १६ पुष २०७५, सोमबार ०३:१८

वाइडबडी प्रकरणमा भ्रष्टाचार भएको लेखा समितिको ठहर
ठहर गरेर मात्र हुँदैन, ठहरै बनाउनु पर्छ भ्रष्टहरुलाई । नत्र ठाउँ न ठहर लेखाको रहर मात्रा होला !

चार बर्ष भित्र निजगढसम्म जसरी पनि रेल आउँछ- मन्त्री महासेठ
जसरीपनि ल्याएर भएन मन्त्रीज्यु, पारदर्शी, सुरक्षित र उपयोगी पनि हुनु पर्यो !

सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली
हुन पनि हो छ न पनि छ, खोज्दा भेटिन्न भेट्दा समातिन्न !

प्रदेश नं २ मा जन्मसिद्ध नागरिकका १ लाख सन्तान नागरिकता बिहिन
प्रदेश पारिका लाखौले लगेको भएर सकिएको हो कि !

प्रदेश राजधानीको पिठो धेरै नपिसौं : बिष्णु पौडेल
आफै पिठो धेरै पिसाए पछि अरुलाई सेल नपका भन्न मिल्छ र कमरेड !

जेलबाट छुटेपछि हेलिकप्टर चढ्ने नेकपाका मेयर, पैसा तिर्ने कांग्रेस नेता
दुई भाईको निजी नारा : नेकपा कांग्रेस  जिन्दावाद !

राजपा विवाद : केन्द्रीयस्तरमा एकता स्थानीयस्तरमा कलह
केन्द्रमा भागबण्डा मिलेर खाए, तल रित्तो छ कलह मच्चाए !

जनताका अपेक्षा बढी भएकाले सरकारको काम चलायमान देखिएन : टोप बहादुर रायामाझी
चलायमान नदेखिए पनि सेलायमान हुनु भएन !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com