अब देखि रक्सी ‘पेग सिस्टममा’ नबेचिने : नयाँबर्ष २०१९ को नयाँ संकल्प 

प्रकाशित मिति: १८ पुष २०७५, बुधबार ०३:२९

रेस्टुरेन्ट ब्यावसायी : चाख्दै पकाउन छोड्दिन्छु, स्वस्थ खानामा जोड दिन्छु । क्वाटरलाई पेगमा नाप्दिंन, धेरै बनाउन पानी थप्दिंन । नाफाको लोभमा परेर थोरै क्वान्टिटी राख्दिंन, ग्राहक मातेको ठानेर क्वान्टिटी कहिल्यै ठग्दिंन ।

निर्माण सामाग्री ब्यावसायी : बालुवा माटो थप्दिंन, गाडीमा छेउकुना भरेर बिचमा खाल्टो राख्दिंन, । अर्डरै नगरेको सामान खुस्रुक्क ल्याई  झार्दिंन,  एक नम्बर पैसा लिएर  २ नम्बर सामान पार्दिंन । दुई हजार इँटा पठाएको केही इँटा बाटैमा झ्याप मार्दिंन ।

ट्याक्सी ब्यावसायी : ‘खाली हो’ ? भनेर सोधेमा, ‘कहाँ जाने ‘ भन्न छोड्दिन्छु, रुमालले मिटर नछोपी  मिटरमै हिड्न जोड दिन्छु ।

बस ब्यावसायी : भेडा र बाख्रा मानेर, गाईवस्तुझै ठानेर । यात्रुलाई सिन्कीझै पेल्दिंन, भित्र-भित्र भन्दै ठेल्दिंन । पैसाको लोभमा पर्दिंन,जोखिमता मोलेर ढोकामै झुण्डिने गर्दिंन ।

पेट्रोल पम्प : चलन चल्तीको मुल्य लिनेछु, हावा होइन पेट्रोलनै दिनेछु । चिटिङ मेसिन हटाउछु, ठग्ने बानी घटाउछु । पम्पमा तेल हुँदैमा छैन कहिल्यै भन्दिन, ग्राहक सबै भगवान हुन, आफ्नो पराया ठान्दिन ।

कर्मचारी : कार्यालयमा बिहान ढिलो पुग्ने र बेलुका छिटो भाग्ने छैन । सेवाग्राहीलाई झुलाउने, भुलाउने र डुलाउने काम गर्ने छैन । घुस लिन्या र दिन्या सबै हाम्रा मित्रु हुन भन्ठान्ने छैन ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com