वाइडबडीकाण्ड : नोटनै खोटको पहिलो कारण भएको निश्कर्ष -आजकाहेडलाइनहरु…

प्रकाशित मिति: १९ पुष २०७५, बिहीबार ०४:१३

‘नेवानि’ को खाने बानी ! धमिजा देखि वाइडबडीसम्म
धमिराहरुलाई नेवानीले नखाएसम्म यिनिहरुल्यै खाइरहने निस्चित !

वाइडबडी प्रकरण : छानविन उपसमितिले कहाँ देख्यो खोट् ?
नोटनै खोटको प्रमुख कारण रहेको निश्कर्ष  !

इलाम पुगेका डा. केसीले सरकारलाई दिए एक साता समय
त्यस पछि फेरी २/४ साता थप्ने  आशंका !

मन्त्री अधिकारीको स्पष्टीकरण : यस्तो प्रतिवेदन आउला भन्ने सोचेको थिइनँ
के सोचे पहिले के भयो ऐले, आश लाग्दो फ्युचर नसिध्याओस् यसैले !

प्रदेश नं २ मा फोरम राजपा गठबन्धनको विकल्प छैन : उपेन्द्र यादव
दुबै तिर खुशि पार्ने, दुइटै हातमा लड्डु झार्ने !

‘छट्पटीमएका’ कंसाकारले नेतादेखि कर्मचारीसम्मलाई दिए अर्ती उपदेश
बर्षौसम्म यिनले देखाए चर्तिकला, उनल्यै दिएको उपदेश के अर्थ रहला !

सरकार र चिनी उधोगीबीचको विवादले किसान मर्कामा
सरकारको चिच्याई बिचौलीयाको थिचाई, साँडेको जुधाई बाछाको मिचाई !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com