को हुन् ती तीनजना ! किन खोज्दैछन् तपाईंको फोन नंबर ? चिन्नुहोस्…

प्रकाशित मिति: २२ पुष २०७५, आईतवार ०१:५७

सधैँ झैं यो बर्षपनि त्यस्तै मेसेज आयो – ‘तीनजना साथीहरुले तपाईँको नम्बर माग्दै थिए । (…..लामै म्यासेजको लिस्ट…..) ! यस्ता मेसेजको मैले कहिल्यै जवाफ दिएको थिइन । यो नयाँ सालमा भने मेसेज पठाउनेवालासंग लामै कुराकानी भयो । कुराकानीको अंश यस्तो थियो- संप्रस पौडेल, हेटौंडा

तिनबर्ष पहिले
उ : ‘तीनजना साथीहरुले तपाईँको नम्बर माग्दै थिए । (…..लामै म्यासेजको लिस्ट…..)
मः ‘अनि दिनु भो त ?’
उनीः ‘दिएँ ।’
मः ‘कुन नम्बर ?’
उनीः ‘त्यो य़ौण्ठानब्बे पाँच दशवाला …. फलानो ।’
मः ‘कस्ता पो छन् ती साथी ?’
उनीः ‘सबैले चाहन्छन् ।’
मः अनी को हुन् त उसो भए ?
उनीः ‘ती सुख, शान्ति र समृद्धि हुन्, नम्बर पठाइदिएको छु । अन्यथा नमान्नुहोला ।’

तिनबर्षसम्म कसैको फोन नआएपछि पुन: मेसेज पठाएँ

तीन वर्षपछिः
मः ‘हाइ !’
उनीः ‘हेलो !!’
मः ‘ती साथीहरुले फोनै गरेनन् त ?’
उनीः ‘को ?’
मः ‘तीन वर्ष पहिले मेरो नम्बर माग्ने क्या सुख, शान्ति र समृद्धि !’
.
.
.
उनीः ‘ह्या उनीहरु तीनटैको ब्या भएर पनि दुई-दुईटा भन्ट्याङ भुन्टुङ भैसके । अब आश नगर्नु । अनी सुन, उनीहरुलाई फोन पनि नगर्नु नि, सप्पैका बुढा लास्ट डेन्जर छन् नि !’                                                                                                                                                                               संप्रस पौडेल, हेटौंडा

उनीहरुसँग कुरासम्म गर्न नपाएकोमा आजसम्म पछुतो भैरहेको छ । त्यसैले तपाईँचाहिँ बेलैमा ध्यान पुर्‍याउनुहोस् है 🙂

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com