…तर कैले? कैलै? कैले त कैलै?? -आजका हेडलाईन

प्रकाशित मिति: २३ पुष २०७५, सोमबार ०४:४९

 

धैर्य गरौं पानीजहाजको टिकट काट्न पाइन्छ : प्रधानमन्त्री
– पानी पिउन नपाएर जिन्दगीले नै टिकट काट्ला जस्तो भईसक्यो, के को पानी जहाजको टिकट् !

निर्मलालाई न्याय अराजक भिंडले होइन, सरकारले दिन्छ : प्रधानमन्त्री
– …तर कैले ?कैलै? कैले त कैलै?????????

सभामुखलाई प्रधानमन्त्रीको डर कि विपक्षीको आवाज थुन्ने रहर
– न डर न रहर, दुई तिहाइको ठहर !

धमिलो पानीमा माछा मार्ने रहर नगर्न कांग्रेशलाई प्रधानमन्त्रीको आग्रह
– धमिलो पानीको मुहान नै सफा राख्न प्रधानमन्त्रीलाई जनताको आग्रह

प्रदेश नं ५ ले किन्यो बजार मुल्य भन्दा आधा करोड बढी तिरेर ११ गाडी
– मन्त्रीको मन दुई तिर : अफिसलाई गाडी, घरलाई साडी त हैन ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com