प्रश्तूत छ, घाम सरकार र छायाँ सरकारको घमासान दोहोरी

प्रकाशित मिति: २५ पुष २०७५, बुधबार ०३:०३

‘ओली र प्रचण्ड राजा हुन्, अब लडिन्छ यिनिहरुसँग ।’– डाक्टर केसी
-धेरै पटक लडिसक्नु भयो डाक्टर सा’ब, अब उठेर हिंड्नोस् । देशलाई लडाईंको हैन उपचारको खांचो छ ।

प्रधानमन्त्रीले संबोधनमा मधेशको ‘म’ र संबिधान संसोधनको ‘स’ पनि उच्चारण गर्नु भएन : मधेशवादी नेता
मधेशको हितकालागि बिकासको ‘ब’ र शिक्षाको ‘श’ त उठाए होलान् नि !

वाईड बडी प्रकरण : नेकपाका नेताको मौनताको रहस्य के ?
-नेकपामात्र हैन, लेकपा, बांड्कपा, खाकपा, चपाकपा,पचाकपा लगायत धेरै पार्टीका नेता मौन छन् ।

सरकारले संसद कब्जा गर्न खोज्यो : सरिता गिरी
-सके त तपाईंपनि गर्नुहुन्थ्यो होला तर क्या करें, पावर नही है !

छायाँ सरकार बनाउने कांग्रेसको निर्णय : सरकारको नेतृत्व देउवाले गर्ने
-सिंहदरबारमा घामको सरकार, सानेपामा छाया“ सरकार । बल्ल पुष्टि हुने भो घाम–छायाँको अर्थ ।

प्रधानमन्त्री र मन्त्रीलाई जहिलेपनि प्रश्न गर्न दिनुपर्ने कांग्रेसको माग
-निन्द्रामा, तन्द्रामा, होसमा, बेहोस्मा, तुकका, बेतुकमा–जुनसुकै प्रश्न जतिसुकै बेला सोध्न पाउनु पर्नेमा जोड

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com