विवेकको शिल किन तोडियो : आजका हेडलाईनहरु

प्रकाशित मिति: २८ पुष २०७५, शनिबार ०७:१३

– क्रिसमस टोपीबारे श्रृंखला खतिवडाले भनिन् : रमाइलो गरेको हो, धर्म प्रचार होइन
ग्रह बिग्रिएको बेला मंगलले पनि साथ दिदैन । होसको दबाई लिएर हिड्नु होला !

– इलाम नै किन रोजे डा. केसीले अनसन् स्थल
त्यहाँबाट उठाउँन हेलिकप्टर चाहियोस्, एयरपोर्टमा ओर्लेर हल्ला गर्न पाइयोस् भनेर होला !

– १० बर्ष देशका लागि काम गरेर माथि जान मन छ : प्रचण्ड
मार्क्सवादले मरे पछि माथि गइन्छ भन्ने मान्दैन, त्यसैले तपाईं तलै जनताको साथमा रहनुस् कमरेड !

विवेकशील साझा पार्टी फुट्यो, उज्वलको नेतृत्वमा नयाँ पार्टी दर्ता
बिदेशि धन र नेपाली मन बिचको टकरावको आशंका !

-जग्गाको कित्ताकाट फुकुवा भयो
जग्गा ब्यापारीलाई मालामाल, कृषि प्रधान देशको बेहाल !

गणतन्त्रमा मनाइयो पृथ्वीजयन्ती, राष्ट्रपति भण्डारी सहभागि
राष्ट्रपति  प्रधानमन्त्री दुबै कम्युनिष्ट हुँन, हिजो गाली गरे आज तिरे गुन !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com