‘घटना घटाउन्या र लुकाउन्या दोनों समाजका शत्रु हुन्, याद करु !’ – आजका हेडलाइन

प्रकाशित मिति: १ माघ २०७५, मंगलवार ०३:०२

एनएसीले वाइडबडीको दोश्रो किस्ता तिर्न सकेन
भ्रष्टाचारमा संलग्न भनिएकाहरुबाट एड्भान्स लिएर तिर्दै गर्ने, पछि हिसाब मिलान गरौंला !

प्रदेश नम्वर २ का अर्थमन्त्रीले  सचिव कुटे
संघीयता लाई बलियो बनाउन बल प्रयोग गरेको मन्त्रीको जिकिर !

जग्गा कित्ताकाट भुमाफियालाई फुकुवा, सर्वसाधारणलाई कडाई
किनकी सर्वसाधारणले भोटमात्र दिए, नोट दिएनन् !

मसँग राजनीति गर्ने समय १० बर्ष मात्र छ : प्रचण्ड
लागिरहनुस् कमरेड, अर्को निर्वाचन पछि पनि ६  बर्ष बाँकि रहन्छ !

वाइडबडी खरिद प्रकरणमा मेरो संलग्नता छैन : देउवा
मैले गराएका गलत निर्णय सच्याउन नसक्नेहरू नै संलग्न छन् !

सचिव झापड काण्डमा मुख्यमन्त्री राउत भन्छन् – ‘घटना सामसुम भइसक्यो !’
घटना घटाउन्या र लुकाउन्या दुवै समाजका शतुर हुन्, याद रखु !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com