सिसा नभएको झ्यालमा यत्रो लफडा !

प्रकाशित मिति: १ माघ २०७५, मंगलवार ०३:१०

सिसा नभएको झ्यालमा यत्रो लफडा !

राम र श्याम बसको एउटै सिटमा बसेर यात्रा गर्दै थिए । रामले धेरै गर्मी भयो भनेर झ्याल खोल्दछ, श्यामले जाडो भयो भनेर झ्याल बन्द गर्न खोज्दछ ।

निकैबेरको तानातान हेरिरहेका अर्को सिटका यात्रुले भने – ‘त्यो झ्यालमा सिसा नै छैन, तपाईँहरु केवल फ्रेममात्र धकेलिरहनु भएको छ !’

🙂

टिचर : ‘ल भन त, भाले भन्दा पोथी कुखुरा खुट्टा किन छोटा हुन्छन् ?’

बिद्यार्थी : ‘किनकी लामा खुट्टा भए अण्डा पार्दा फुट्छ भनेर सर !’

🙂

शिक्षक : (बिधार्थीलाई पढाउँदै) ‘महान् त्यो मानिस हो, जसले सधैं अरूलाई सहयोग गर्दछ ।’

बिधार्थी : ‘तर सर, परिक्षाको समयमा न तपाईं आफु सहयोग गर्नु हुन्छ न हामीलाई नै गर्न दिनु हुन्छ त !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com