कांग्रेसलाई प्रधानमन्त्रीको प्रति प्रश्न – ५ बर्ष कुर्ने कि, केसीजी कै पछि दगुर्ने : आजका हेडलाइनहरु

प्रकाशित मिति: ४ माघ २०७५, शुक्रबार ०३:१२

धुपको बट्टामा राखेर चरेसको पार्सल ! समातिइन् डान्सर
कमाउने नयाँ बाटो, बोकिन चरेश नाँचको साटो !

प्रधानमन्त्रीलाई का़ग्रेसको प्रश्न : सहमतिमा फर्कने कि चौतर्फी दबाव पर्खने
कांग्रेसलाई प्रधानमन्त्रीको प्रति प्रश्न- ५ बर्ष कुर्ने कि केसीकै पछि दगुर्ने !

हत्याका आरोपीलाई समात्न प्रहरीले बर्दियामा गोली चलायो
गोलीले के समात्ला र, उडाउन होला  !

४ करोड धरौटी बुझाएर छुटे पुर्वमन्त्री विक्रम पाण्डे
बाहिर निस्कनुको मज्जै अर्को, जाबो ४ करोड कति  घुमाइन्छ, कति कमाइन्छ !

हामीले एडभान्स समाजवाद ल्याउने हो : प्रधानमन्त्री केपी ओली
जग बलियो नभए एड्भान्स् फिर्ता जाने खतरा !

सञ्चार माध्यामहरुले सधैं नकारात्मक नकारात्मक कुराहरु मात्रै देखे : प्रधानमन्त्री ओली
नकारात्मक टिप्पणी गर्ने पत्रकारसँग भन्दा चिल्लो घस्दै गलत सल्लाह दिने मित्रसँग मन दुखाउनुस् प्रमज्यु !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com