ट्वाईलेट पेपर चोरी काण्ड : आयोग गठन हुँदै – आजका हेडलाइनहरु

प्रकाशित मिति: ६ माघ २०७५, आईतवार ०३:५२

 

चीनको कुरा : मितव्ययिता उल्लंघन गर्ने करिव १ लाख चिनियाँ कारबाही
हाम्रो अख्तियार कता हरारयो भनेको त चीन पो पुगेछ !

अर्थ मन्त्रालयले भन्यो – ‘नेपालिक्स बारे प्रधानमन्त्री कार्यालयमा सोध्नुस्
प्रधानमन्त्री कार्यालयले भन्नेछ- यस बारे नेपालिक्सलाई नै सोध्नुस् !

रेलगाडी किन्न स्वीकृति, पानी जहाज कार्यालय स्थापना
भर्ती हुन कार्यकर्ताको कुदाकुद, सोर्सफोर्सका लागि दौडधुप !

कांग्रेसलाई सरकारको जवाफ : मनको बाघले कति खान्छ ?
बनको बाघले खानलाई त रुख/ जंगल सुकि गयो !

विमानस्थलमा वाल पेपर च्यातिन्छ, ट्वाइलेट पेपर चोरिन्छ
दिशा धुने पानीको अभाव हो कि नानी देखि लागेको बानीको प्रभाव हो – आयोग गठन हुँदै !

सिजी टेलिकमको पक्षमा सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज
कतै चोलेन्द्रकै पालामा न्यायालयले चोला फेर्ने त होइन !

गगन थापाको प्रश्न : हामी गोविन्द केसीलाई मार्न तयार भएका हौं ?
प्लीज गगनजी, त्यसो नगर्दा राम्रो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com