रिस शान्त पार्ने अत्याधुनिक तरिका, हात सफा गर्ने सजिलो काईदा !

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार ०४:४४

रोहन : ( साजनसँग) ‘आज मैले ५० पैसा भेट्टाएको छु ।’

साजन : ‘मेरो ५० पैसाको सिक्का झरेको थियो, त्यहि भेट्टाइस् होला नि !’

रोहन : ‘अँ, होला नि ! मैले त २५ पैसाका दुइटा सिक्का भेटेको ।’

रोहन : ‘भुइमा खस्दा दुई टुक्रा भएको हुन् सक्छ !’

दिलप्रसाद खाना खाए पछि हात चाट्ने गर्दथे। एक दिन एउटा भोजमा खाना खाई सकेपछि आफ्ना औंला चाट्दै थिए ।
छेवैमा बसेका अपरिचित भलाद्मीले आफ्नो जुठो हात उनीतिर तेर्स्याउदै भने- ‘कृपया मेरो पनि हात सफा गर्दिनुस न है !’
बाबु : ‘छोरा, मैले कुटेको बेला रिसाउँदैनौ, तिमिलाई रिस उठ्दैन ?’

छोरो : ‘रिस किन नउठ्नु, म त बाथरुम सफा गर्न थाल्छु ।’

बाबु : ‘अनि यसले के हुन्छ र ?’

छोरो : ‘ट्वाइलेट सफा गर्न म हजुरको टुथब्रस प्रयोग गर्ने गर्छु क्या !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com