सुन तस्करी प्रकरण : गरिवको चमेली बोल्दिने कोहि छैन- आजका हेडलाइनहरु

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार ०४:१०

संसदमा नेकपा र कांग्रेस मुठभेडतर्फ
जसले हान्यो त्यसले जान्यो !

संसदीय समितिका गुनासा : कम्प्युटर नपाएको देखि थोत्रा गाडीसम्म
जनताका गुनासा : निर्मला हत्याकाण्ड देखि वाइडबडीसम्म !

सुन तस्करी प्रकरण : पहुँचवाला छुटे, भरिया थुनामा
गरिबको चमेली बोल्दिने कोहि छैन ! 

विशेष अदालतमा १० लाख धरौटी बुझाएर बाहिरिए पुर्व गभर्नर रावल
गभर्नरलाई जाबो १० लाख, यो पनि कुनै अंक हो र  !

हिजो खोलालाई एम्बुस थाप्ने ठाउँका रुपमा देख्थेँ, आज त्यहाँ बिजुली मात्रै देख्छु
बिजुली पनि एम्बुस नै हो नि, नगदको !

निर्मलाको घर पुगेर विश्वप्रकाशले भने- न्यायका लागि कांग्रेस सडक र सदनबाटै लड्छ
निर्मलालाई न्याय दिलाउन पुगे कि पार्टी पार्टीलाई मुद्दा मिलाउन पुगे !

सरकारलाई बिजय गच्छदारको प्रश्न- कांग्रेसको अस्तित्व मेटाउनै खोजेको हो ?
सरकार  किन चाहियो र, मेटाउने या जोगाउने तपाईँ नै काफी हुनुहुन्छ नि !


 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com