आजका समाचार सार : मुख्य रजिस्टारमा निरौला / प्रहरी कारबाहीमा मारिए चौधरी / हिउँ खेल्ने मनोरम अवसर…

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार १५:३२

मुख्य रजिस्टारमा निरौला
सर्वोच्च अदालतको मुख्य रजिस्टारमा नृपध्वज निरौला नियुक्त भएका छन् । यस अघि निरौला न्याय परिषदको सचिव थिए । यस अघि मुख्य रजिस्टार रहेका डा. राजन भट्टराई उच्च अदालतको न्यायाधिसमा नियुक्त भए पछि न्याय सेवा आयोगको बैठकको निरौलालाई  मुख्य रजिस्टारमा बढुवा गर्ने निर्णयले पदस्थापन गरेको हो । निरौला तिनै ब्याक्ति हुन, न्याय परिषदको सचिव रहँदा उनैले लेखेको एउटा पत्रले पुर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको जागिर चट् भएको थियो ।

प्रकृयागत ढंगले हुने बढोत्तरी, घटोत्तरी र जिम्मेवारी प्रति हाम्रो कुनै टिप्पणी छैन । तर कसै प्रतिको आग्रह वा पुर्वाग्रह राखेर गरिने निर्णय र बाँडिने जिम्मेवारीले भने केही  ब्याक्तिलाई फाइदा होला तर न्यायालयमाथि भने अन्याय हुने गजुरियल ठम्म्याई रहेको छ ।

प्रहरी कारबाहीमा मारिए चौधरी

माघ ९ गतेको दिन बिहान सप्तरीको रुपनी गाउँपालिकामा प्रहरीको कारबाहीमा ३५ बर्षीय दीपेन्द्र चौधरी मारिएका छन् । चौधरीले प्रहरीलाई निशाना बनाएर श्रृङ्खलाबद्ध अपराध र्दै आएको कुरा प्रहरी अनुसन्धानमा खुलेको छ ।  केहि समय अघि प्रहरीमाथि नै गोली चलाई घाईते बनाएको, तराईमा चन्दा असुली लगाएत आपराधिक गतिविधीमा संलग्न रहेको भनि प्रहरीले खोजि जारी राखेको थियो । चौधरीलाई आज बिहान रुपनी – राजबिराज खण्डको चेकपोइन्टमा प्रहरीले फेला पारेको थियो । त्यहाँ उनले चढेको मोटरसाइकल रोक्न खोज्दा फायर खोलेपछि प्रहरीले गरेको जवाफी कारबाहीमा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

अपराधजन्य गतिबिधीले समाजलाई अस्थिर बनाउँछ । सामाजिक न्यायमाथि अतिक्रण गर्दछ भन्ने कुरामा हामी सबै सहमत हुनै पर्दछ । अपराध नियन्त्रणमा सहयोग पुर्याउनु हाम्रो दायित्व हो । तर अपराध नियन्त्रण गर्ने बहानामा  कुनै पनि निहत्था नागरिकको ज्यान जानु हुदैन ।  कुनै पनि प्रशासनिक कारबाही न्यायोचित र  सामाजिक स्विकार्य हुनु पर्छ भन्ने गजुरियल बिश्लेषण रहेको छ ।
हिउँसङ्ग खेल्ने सुगम अवसर
मंगलबार साँझदेखिनै मौसम बदली भई बर्षाद हुँदा फुलचोकी सहित उपत्यका वरपरका डाँडाहरुमा हिमपात भएको छ । हिउँको मनोरम् प्रकृतिसँग खेल्न आज बिहानैदेखि  काठमाण्डौवासीहरु फुलचोकी पुगेका थिए । फुलचोकीका अलावा कालिन्चोक र चन्द्रागिरीमा समेत हिउँसँग खेल्न जाने गरिन्छ ।
मनोरन्जको लोभमा असुरक्षित हिमयात्रा प्रति होसियारी र सजगता अपनाउन हाम्रो सल्लाह रहेको छ ।
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com