संसदमा आजको खेल कसले जित्ला ! -समाचार सार

प्रकाशित मिति: १० माघ २०७५, बिहीबार १५:३५

सरकारका प्रबक्ता माननीय गोकुल बास्कोटाको भनाई सुन्दा आज (११ गते) नै चिकित्सा शिक्षा विधेयक पारित गर्ने सम्भावना रहेको देखिन्छ । त्यसो त सभामुख कृष्ण बहादुर महराले पनि यहि आशय प्रकट गरेको कुरा अनलाइन खबरले उल्लेख गरेको छ । अर्कातिर प्रतिपक्ष भने विधेयक पारित हुन नदिन परिआए बल प्रयोग समेत गर्ने कुरा गर्दै सञ्चार माध्याम तताई रहेको देखिन्छ । उता डा. गोविन्द केसीले पनि अन्तिम प्रयास सवरुप सांसदहरुलाई पत्रै काटेर भ्रममा परेर विधेयक पारित नगर्न अनुरोध गरेका छन् ।

                                                                          (फोटो : तानतुन डटकम)

यो रस्साकस्सीपुर्ण तानातानबाट जनताको पक्षमा केही नयाँ निर्णय आओस् भन्ने जनताको अपेक्षा  छ । सकारात्मक निकासका लागि गरिने सार्वभौम संसदको निर्णयमा सबैको समहती रहोस् । तर ठेलठाल्, पेलपाल्, तोडफोड, कर्याक्कुरुक्क, झर्याप्झुरुप, डाङ्डुङ्, बाङ्बुङ्को संसदीय विकृतिबाट पारङ्गत धेरै नेता संसदमा हुनुहुन्छ । गजुरियल अपेक्षा छ, संघिय नेपालमा जंगीयता र डंगीयता प्रकट गरेर नाङ्गियता प्रदर्शन नगर्नु होला, गणतन्त्र नै भंगीयतामा जानसक्छ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com