पुराना नेताका नयाँ जोक…

प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार ०३:२५

शेरबहादुर : ‘(रामचन्द्रसँग) तपाईंँको गुटगत कार्यले पार्टी कमजोर भयो,तपाईँ चुप लाग्नुस् ।’

रामचन्द्र : ‘ए, तपाईँले चाँही गुट् बनाएको छैन ?’

शेरबहादुर : ‘भनेदेखिलाई, तपाईँको गुट कमजोर भयो, हाप्नुस् पो भनेको त !’

☺️

प्र म ओली :  ‘(शेरबहादुरसँग) तपाईँले संसदमा बितण्डै मच्चाउनु भयो, के गर्नु भएको यो ?’

शेरबहादुर : ‘भनेदेखिलाई कहाँ बितण्डा हुनु, सांसदहरु भुत्ते भएर साँध लगाएको क्या, खै कुरो बुझेको !’

☺️

माधव नेपाल : ‘हेर्नुस् ओली कमरेड, तपाईँको ट्याईँट्याईँले मात्र सरकार चल्दैन ।’

केपी ओली : ‘सुन्नुस् , तपाईईँको र्याइर्याइँले पनि पार्टी चल्दैन !’

☺️

कार्यकर्ता : ‘बामदेव कमरेड, हिजोआज चुपचाप हुनुहुन्छ, तपाईँलाई के भएको ?’

बामदेव : ‘भनेर भन्देखुन, खासै केहि भा’हैन, यसलाई भन्छन्- ‘बात्तो बसेको !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com