‘भोटिङ्मा सेटिङ्मा ! आई हेट फेक अवार्डस् !’-मोनाल्ड ट्रम्प VIDEO KURA

प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार १५:३९

कान्तिपुर नेशनल म्युजिक अवार्डमा डोनाल्ड ट्रम्प झुल्किए । कान्तिपुरकी पत्रकार दिवा भट्टराईले उनलाई ससम्मान मञ्चमा बोलाईन् । तर, ट्रम्पले आफु डोनाल्ड ट्रम्प नभएको जिकिर गरे । उनले भने, ‘आई एम नट डोनाल्ड ट्रम्प, आई एम मोनाल्ड ट्रम्प । द प्रेसिडेन्ट अफ द युनाईटेड स्टेस्टस् अफ द अमेरिका । आई टेल जोक एण्ड ह्याभ बिकम अ जोकर ।’ आफ्नो देशको सरकार स्ट्याक गरेर होलीडे मनाउन नेपाल आएको बताएका उनले थपे, ‘मैंले भने नमाने कुनै दिने वल्र्ड नै स्ट्राईक गराई दिन्छु ।’ उनले त्यहाँ अभिब्यक्त गरेका गीत, संगीत, राजनीति र अवार्ड संबन्धी केही बिचार यस्ता छन्

-‘आई डन्टलाई फेक अवार्ड । बिकज कुरा भोटिङ्को गर्ने, काम सेटिङ्मा मिलाउने । जज गर्न जुरी राख्ने, वीनर छान्न अर्गनाईजरको चुरीफुरी चल्ने । ईट ईज फेक । त्यांक्यू नेपाल ।’

-‘अवार्डलाई अवार्डजस्तो बनाउने, खसी बजारजस्तो किनबेच नबनाउने । सिंगलाई सम्मान गर्ने, कसिंगरलाई नगर्ने । अवार्ड आफ्नो देशको ईज्जत बढाउनकालागि गर्ने, अमेरिकाको ग्रिनकाण्र्ड लिनलाईमात्र नगर्ने । देशकोलागी गर्ने, यसकोलागि (पैसा)मात्र नगर्ने । थ्याक्यु खान्तीफु ।’

‘रेसम फिरिरि, रेसम फिरिरि ।
जेलको कैदी पार्लियामेन्टमा कसरी छिरिरि ?
इन्क्रिडिबल नेपाल ।’

‘एकनाथे बन्दुक दुई नाथे बन्दुक माधवलाई हँसाएको,
माधवलाई मैर्ल हँसाएको हैन, नेपाललाई फँसाएको,
रेशम फिरिरि रेसम फिरिरि,
होली वाईनमा ओली वाईन कसरी छिरिरि ?
अमेजिङ् पोलिटिक्स !’

सम्पूर्ण घटना हेर्नकालागि तलको भिडियो क्लिक गर्नोस् । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com