नखाउँ भने शिक्षामा सुधार, खाउँ भने आफ्नै बाउको अनुहार – समाचार सार

प्रकाशित मिति: १३ माघ २०७५, आईतवार १६:३९

‘शिक्षा क्षेत्रको सुधार’ बिषयमा लामो समयदेखि छलफल र चर्चा हुँदै आएको छ । हालै उच्चस्तरीय शिक्षा आयोगले निकै लामो छलफल पछि शिक्षामा सुधारकालागि आफ्नो प्रतिवेदन मार्फत् केही महत्वपुर्ण सुझाव दिएको छ । धेरै सुझाव मध्ये पनि कामचोर प्रबृत्तिको अन्त्य, दलीयकरणको समाप्ती र शिक्षकले सरकारी बिद्यालयमै आफ्ना सन्ततीहरुलाई पढाउनु पर्ने कुरालाई महत्वपुर्ण ढंगले उठाएको देखिन्छ ।
                                                                                   (फोटो: तानतुन डट काम)
आयोगले दिएका यि सुझावहरु भन्दा, सुन्दा र गुन्दा सोह्रै आना सही छन् । यदि उनका र मेरा सन्ततीलाई हाम्रा सन्तती ठान्ने मानसिकता विकास हुने हो भने कसैले यसको बिरोध गर्दैन । तर, यहाँ त्यस्तो सँस्कृतिको खडेरी परेकोले यसको कार्यन्वयन गर्ने कुरा फलामको चिउरा चपाएझैं हुने निश्चित छ । हिजो राजनीतिक परिवर्तनका निमित्त दशकौंसम्म पार्टीको झोला बोकेर हिंडेका शिक्षक र राजनीतिक सहयात्रीको रुपमा सँगै लडेका नेताले नेताले नेतृत्व गरेको संसद अनि सरकारका बिचमा यसको कार्यान्वयन गर्ने कुरा ‘नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाबुको अनुहार’ झैं भएको गजुरियल विश्लेषण छ।
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com