तिन रुपैयाँमा श्रीमति र लोभी चंखे र प्याकुली…

प्रकाशित मिति: १५ माघ २०७५, मंगलवार ०४:२७

 

(रोहन र उसकी गर्लफ्रेण्डसँग बाटोमा एउटा भिखारीको जम्काभेट हुन्छ )

भिखारी : ‘हजुर मलाई १० दश रूपैयाँ दिनुस न, म मेरी गर्लफ्रेण्डलाई फोन गर्छु’

रोहनकी गर्लफ्रेण्ड : ( रोनसँग) देख्नु भयो त, एउटा भिखारीले पनि आफ्नी गर्लफ्रेण्डलाई कति माया गर्छ !

भिखारी : ‘मेडम, म पहिले भिखारी होइन, उनलाई फोन गर्दा गर्दै भिखारी भएको हुँ !’

(कन्चुस चंखे र उसकी पत्नी प्याकुली )

प्याकुली : सुन्नु न, आज राती मैले एउटा सपना देखें नि

चंखे : अँ , के देख्यौ सपनामा भन त ?

प्याकुली : हामी दुबैजना बसमा यात्रा गरिरहेका थियौं । अचानक बस नदीमा डुबेपछि म आत्तिई रहेकी थिएँ, तपाईँ चिच्याउदै कसैलाई बोलाँउदै ,खोजिरहनु भएको थियो ।

चंखे : ‘ए, शायद म तिमीलाई नै खोज्दै अनि बोलाउँदै थिएँ हो ?’

प्याकुली : ‘होइन, बसको कण्डक्टरलाई, “मेरो तिन रुपैयाँ फिर्ता नदिई कहाँ गइस् भन्दै हुनुहुन्थ्यो !’

सुरेश : (आफ्नो साथी नितेशसँग) ‘नितेश, गर्लफ्रेण्डलाई प्रपोजको उपयुक्त दिन अप्रिलको पहिलो दिन नै रहेछ यार !’

नितेश : किन र सुरेश ?

सुरेश : ‘स्विकार गरे गर्लफ्रेण्ड नत्र अप्रिलफुल !’

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com