चाईनाको सडक सहयोग ‘उधफुश्रा’ हुने खतरा !

प्रकाशित मिति: १५ माघ २०७५, मंगलवार ०६:०७

चीन सरकारले ५ बर्ष लगाएर बिस्तार गरेको कोटेश्वर कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । १० कि मी, ४०० मिटर लम्बाई रहेको उक्त सडक आठ लेनको रहेको छ । चीन सरकारको ५ अर्व अनुदान सहयोगमा निर्मित उक्त सडक चिनियाँ राजदुत यु यान्छीले नेपाल सरकारलाई हस्तान्तरण गरेकी हुन ।
यति राम्रो सडक प्रयोग गर्न पाउनु हामी सबैकालागि सौभाग्यको कुरा हो । देश छोडेर विकसित मुलुकसम्मको यात्रा नगरेका नेपालीहरुका लागि त यो सडक हेर्न र चर्चा गर्न लायक बिषय पनि हो । तर चीनको सहयोगमा निर्मित उद्योगहरुको समाप्तिको इतिहास हेर्दा यो सडकपनी ‘उधफुश्रा’ हुने खतरा जिवीत छ । उधफुश्रा अर्थात् ‘उल्फाको धन फुपुको श्राद्द’ गर्ने हाम्रो मानसिकता ज्युँदै छ । त्याे कुरा यो सडकको केसमा घटाउन सक्यौं भनेमात्र यसको उपयोग र संरक्षण हुनेछ । नत्रभने उल्फाको धन फुपुको श्राद्ध हुने पक्का छ । आगे हाम्रै मर्जी ।
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com