‘शहीदको सँख्या चुलिँदै, अर्थ र महत्व भुलिँदै’ !- आजका हेडलाइनहरु

प्रकाशित मिति: १६ माघ २०७५, बुधबार ०७:४९

 

नेपालले पश्चिम माग्दा भारतले दियो भैरहवाको हवाइ रुट
दाता भए न दिनु ब्यापारी हो, जता फाइदा देख्यो त्यतै दियो !

आज शहीद दिवस, शहीदको सँझना गरिँदै
शहीदको सँख्या चुलिँदै, अर्थ र महत्व भुलिंदै !

चिकित्साः विधेयक पारित पछि पनि  कांग्रेसले केसीको मुद्दा बोक्ला त ?
तौल कति घट्यो एक पटक जोख्ला, फाइदा देखे बोक्ला घाटा देखे रोक्ला !

कृष्ण मोहनलाई गृहमन्त्री बादलको सलामी !
असल मान्छे सफाया गर्नेहरुको तर्फबाट प्रायस्चित !

अब अधिकारका लागि शहीद हुनु पर्दैन : प्रधानमन्त्री
तर शहीदका लागि अधिकार खोज्ने दिन नआउलान् भन्न सकिन्न !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com