धुर्मुस-सुन्तलीको साथमा हामी सबै छौं, सधैं छौँ …

प्रकाशित मिति: १७ माघ २०७५, बिहीबार ०४:३४

धुर्मुस सुन्तली फाउन्डेशनले एउटा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ। त्रि. वि. वि.को स्वामित्व र कृषि तथा वन विश्वविद्यालयलले भोगचलन गर्दै आएको चितवन, भरतपुर न पा- १६ स्थित जग्गालाई निर्माणस्थल छनोट गरिएको छ । फाउन्डेशन र भरतपुर नगरपालिकाबीच रंगशाला निर्माणकालागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता पनि भईसकेको  छ ।
यो सुखद समाचार हो । रंगशाला निर्माण कार्य सम्पन्न भएको खण्डमा राष्ट्रको सान अन्तराष्ट्रिय जगतमा समेत अझै चम्किने छ । हाम्रा खेलाडीहरुले देशको कमजोर पुर्वाधारका कारण खेल हारियो भन्न छाड्ने छन् । क्रिकेट खेलको प्रतिस्पर्धाका लागि बिदेशिने डलर खर्चमा कमी आउँदा खेलकुद परिषदका घुमन्तेहरुको अलि अलि मन दुख्ला ! तर, स्वदेशमै क्रिकेट आयोजना गर्दा प्राप्त हुने डलरले देशलाई भने अवश्य फाइदा हुने छ ।

धुर्मुसको उत्साह र साहसको प्रसंशा गर्नुपर्छ । प्रधानमन्त्रीले पनि अलिअलि शंका जाहेर गर्दै ढाडस् दिनु भएको छ- ‘रंगशाला बनाउनेको बैंक खातामा कति पैसा छ ?  पैसा नभए पनि यो साहस ठुलो हो । रकम धेरै चाहिन्छ । कबोल गर्ने तर रकम नदिनेबाट साबधान !’ भन्दै यस्तै  ‘नगदमा नौ दाउ’ खोज्ने हाम्रो प्रबृत्तिप्रति कटाक्ष पनि गर्नु भएको छ ।


उता कमरेड प्रचण्ड पनि आफ्नो निर्वाचन क्षेत्र, अन्तराष्ट्रिय पाईला खेल केन्द्र,  इतिहासमा आफ्नो नि नाम लेखिने जस्ता थुप्रै कल्पना गर्दै ‘जुँताला’ थाल्नु भएको छ । ‘जुँताला’ अथवा  ‘जुँगामा ताउ लाउनु !’ त्यसैगरि मेयर सा’ब कमरेड रेणुले त यति उत्साहित हुनुहुन्छ कि- ‘पहिलो म्याच पाकिस्तान र भारतको गराउने छु ।’ भनेर कोक्रो बुनि सक्नु भयो ।  उहाँको भनाईमा निकै दम छ भन्ने हाम्रो ठम्याई छ । किनकि राजनीतिक रुपमा सधैं नेपालमाथि खेलिरहने भारतलाई  आफ्नै भुमिमा ल्याएर पाकिस्तानको हातबाट कुटाएर स्वाद फेर्ने रहर यथार्थमा त्यस्तै भएपनि सुन्दा निक्कै मज्जा आउँछ ।

धुर्मुस सुन्तली फाउन्डेसनले एउटा राम्रो काम जिम्मा लिएको छ । यो काम सफल पार्नकालागी केही कुरामा सचेत भने हुनैपर्छ । ति, यि कुराहरु हुन् ,  सहयोग कबोल गरेर  रकम नदिनेहरु   !  साथ दिन्छु भनेर बिचैमा हात छोड्नेहरु ! यो लोकप्रियतालाई अमुक पार्टिको पक्षमा उपयोग गर्नेहरु ! क्रिकेट मैदानको नाम लिएर ब्यापार गर्ने भूमाफियाहरु ! आर्थिक चलाखेलाकर्ताहरु ! नैतिक छलकर्ताहरु ! यति कुराबाट जोगिनुपर्छ, २ बर्षपछी हामी हाम्रै स्टेडियममा खेल खेल्नेछौं ! अग्रिम शुभ कामना !!
                                                                                          फोटोहरु: (तानतुन डट काम)
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com