‘भेनेजुयला संकट’को बारेमा नेपालीय भिनाजुको भन्तब्य…

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार ०४:२४

अध्र्यक्ष प्रचण्डको ‘भनेजुएला वक्तब्य’को समालोचना शुरु भएको छ । उग्र कान्तिकारीहरुले ‘अमेरिकालाई टक्कर दिने साहसी बिश्व नेता’ भनेका छन् । यथास्थितिवादीहरुले ‘अरिंगालको गोलामा हात हालेर देशलाई ठक्कर दिने दुस्साहसी अभिनेता’ मानेका छन् । यथार्थवादीहरुले ‘काम कुरो एकातिर छोडेर बक्तब्य बोकी भिनाजुएलातिर’ हिंड्ने पर्यटकको आरोप लगाएका छन् ।

यहि बिषयमा हामीले भिनाजुलाई सोधेका थियौं, भेनेजुयलाको पक्ष लिएर अमेरिकालाई थर्काउने प्रचण्ड वक्तब्य कस्तो लाग्यो ? पढौं, भेनजुयलाको बारेमा भिनाजुको बिचार- जस्तालाई तस्तै !

कम्युनिष्ट आर्दशले भन्छ– ‘मानिसको अन्तराष्ट्रीय जाती हुनेछ ।’ यस अर्थमा प्रचण्डको वक्तब्यलाई गलत भन्न सकिन्न । तर, राष्ट्रीय जातीलाई नै एकतावद्ध बनाउन धौ धौ परिरहेको बेला भिनाजुलाई भिनाजुएलाको चासो किन लागेको होला !’

हो, ‘अरुलाई परेका बेला बोलेनौ भने तिमीलाई पर्दा पनि बोल्ने कोही हुन्न ।’ यस अर्थमा अध्र्यक्षको वक्तब्य गलत छैन तर हामीलाई अहिले शान्ती र समृद्धिको आवस्यकता परेको छ । त्यो भेनेजुयलाबाट नेपालमा कुनबाटो भएर आउँछ होला !

वामपन्थी बिचारले भन्छ, ‘विश्वको जुनसुकै देशमा हुने साम्राज्यवादी र विस्तारवादी गतिबिधिको गरौं ।’ तर, नेपालमा भने तिनै ‘साम्राज्यवादी’ एनजिओ र आईएनजिओको सहयोग स्वीकार गर्छ । तिनिहरुसँग निहुँ खोजेर शितयुद्ध जान हामी अहिल्यै महाशक्ति राष्ट्र् नेपाल भैसक्यौं र !

आफ्नै मूलुकको द्ध्वन्दका घाउ ताजै छन् । छ्यास्स छोयो कि हिंसाको घाउ दुखिहाल्छ । नयाँ संरचना र पद्धततीमा संक्रमणकालिन अन्योल जस्ताको जस्तै छ । आफ्नै पार्टीको एकतालाई सवल बनाउन सकिएको छैन । दुई तिहाईको सरकारबाट अपेक्षा अनुसार जनताले विश्वास लिन धौधौ परिरेको छ ।

मानवीयताका आधारमा हामी भेनेजुयलाको पक्षमा छौं तर हाम्रा आफ्नै बाध्यता, मान्यता र अवस्था छन् । यस्तो अवस्थामा नेपालले लाईन के हुने ? सांसारिक र आन्तरिक जीवनका महान द्रष्टा गौतम बुद्ध भन्नुहुन्छ – ‘कुनैपनि अतिमा नजाउ, मध्यममार्ग पालन गर । यही नै सही निर्णय हो ।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com