जीपी र सुशीलको सम्मानमा, तोडियो केसीको अनसन् : समाचार सार

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार १६:०९

 

 

डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् । २४ दिन लामो अनसन ईलामबाट सुरु गरेर काठ्माण्डौमा टुङ्गयाएका हुन । संसदका दुबै सदनबाट चिकितत्सा शिक्षा विधेयक पारित भइ सकेको अवस्थामा आफ्ना मुद्दालाई आन्दोलनको अर्को तरिका अवलम्बन गरि लडाई लड्ने भन्दै अनसन तोडेका छन् ।

फोटो: (तानतुन डट कम )

डाक्टर सा’बले जे गरे राम्रो गरे । उनका मुद्दाहरु नराम्रा थिएनन् । सायद सजिला पनि नभएरै होला उनका मुद्दाले धेरै मन्त्रीहरु चाहारे पनि परिणाम आउन सकेको थिएन । हिजो आफ्ना पालामा रमिता हेरेर बस्ने पुर्वमन्त्रीले ऐलेको उनको अनसनलाई न्वारन देखिकोको बल लगाएर समर्थन गर्नुले पनि डा. सा’ब बिस्तारै बहकिंदै आफ्नो उधेश्यभन्दा अलि पर जादैछन कि भन्ने आशंका  प्रकट यदाकदा हुन थालेको  थियो । आफैमा वहाँ सरकारी तलव खाने कर्मचारी हुनुहुन्छ । आफ्नो पेशागत जिम्मेवारीनै छोडेर निरन्तर रुपमा सरकारको बिरुद्धमा अनसन बस्ने कुराले डा.सा’बको प्रतिष्ठामा आँच पुर्याउन सक्दछ भन्ने बिषय सर्वत्र उठ्न थालिसकेको थियो । हिजो मात्र सरकारले स्व जीपी कोईराला र स्व सुशील कोईरालाको नामा बनेका अस्पताललाई सँघ अन्तरगत राख्ने निर्णय गर्नु र प्रतिपक्षका नेताले डा. सा’बलाई आन्दोलन तोड्न आग्रह गर्नुलाई संयोग मात्र मान्न नसकिने कुरा चर्चा चल्न थालेको थियो । त्यसर्थ, धन्यवाद डा. सा’ब, अरु धेरै दुख नपाउनुस् । तपाईँका प्रयत्नले केहि सुधार आएको छ । अब तपाईँको खाँचो केवल जनताको उपचार र सेवामा छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com