पुरस्कृत ड्राइभरकै लाईसेन्स छैन र मागेको केकले बर्थ डे मनाउँदै…

प्रकाशित मिति: २० माघ २०७५, आईतवार ०४:४८

ट्राफिक :  ‘(तिलकसँग) तपाईँ एउटा इमान्दार ड्राइभर हुनुहुँदो रहेछ । सिटबेल्टको प्रयोग गरेकोमा रु. ५००० पुरस्कार पाउनु भयो । केर्नु हुन्छ यो रकम ? ‘

तिलक :  ‘खुशी लागँयो सर, म यो रुपैयाले सबभन्दा पहिले मेरो लाइसेन्स बनाउँछु ! ‘

 

भिखारी :  ‘माताजी, मलाई एउटा केक् दिनुस् न ? ‘

माताजी :  ‘( रिसाउँदै)  माग्नेलाई तातो भात !, रोटी खाँदैनौ ? ‘

भिखारी :  ‘रोटी पनि खान्छु हजुर तर आज मेरो बर्थ डे छ ! ‘

बाबु :  ‘(छोरासँग) छोरा तिमी यति महान बन कि तिम्रो नाम पृथ्बीको चारै कुनामा चम्कियोस् ‘

छोरो :  ‘बुबा, यो महान कुरा हो । तर यहाँ एउटा समस्या छ ‘

बाबु :  ‘किन र ? ‘

छोरो :  ‘बिज्ञान भन्छ- पृथ्वी गोलो छ, चार कुना कहाँ भेटौं म ! ‘

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com