सरकारी बिचौलियाभन्दा खतरनाक तरकारी बिचौलिया : समाचार सार 

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार ०२:१२

 

 

कृषकका समस्या निकै पिंडादायी छन् । घाम पानी नभनि, साँझ बिहान नठानि, आफ्नो सम्पुर्ण पारिवारिक श्रम र मुल्य लगाएर उत्पादन गरे पनि उपयुक्त बजार र मुल्य नपाउँदा किसानहरुलाई कमाउन हैन काम गर्न खेती गरे जस्तो भएको छ ।  उपयुक्त मुल्य नपाउँदा कमाउन होइन खेत बाँझो नराख्न मात्र तरकारी बेचे झैं भएको  छ । माघ २० को अनलाइन खबरले उल्लेख गरेको यातायात र अन्य हिसावले सुगम रहेको सुनसरीको इनरुवामा उत्पादित तरकारीको मुल्य स्थानिय बजारमा ज्यादै कम रहेको छ । त्यहाँ प्रति केजी रु.६ रहेको काउली काठमाण्डौको कालिमाटीमा प्रति केजी रु. ३५ रहेको छ । प्राय सबै चिजको मुल्य ३ गुणा फरक देखिन्छ ।

फोटो : ( तानतुन डट काम )

पटक पटक सरकारी स्तरबाट समेत बिचौलीयाको अन्त्य गर्ने कुरा भए । किसानलाई न्याय दिने कुरा समेत भए।  तर, समस्या ज्यूँ का त्युँ छ । सरकारले लामो समयसम्म जमिन बाँझो राख्नेलाई जरिवानाको नीति ल्याइरहेको चर्चा हुँदै गर्दा किसानको फाइदाका लागि ठोस योजना नबन्ने हो भने सरकारको नीति कार्यन्वयनमा सजिलो हुँदैन ।

अहिले पनि सयौं टन तरकारी भारतबाट आयात भइरहेको छ । तर, नेपाली उत्पादनले उपयुक्त मुल्य र बजार पाएको छैन ।

समस्या के हो त ? बिचौलीया, यातायात, सरकारी नीति वा अन्य केहि ? जे होस्, सरकारी स्तरबाट यसको कडाइका साथ अनुगमन हुनु पर्दछ । कृषकहरुको उचित संरक्षण हुन नसक्ने हो भने उनिहरु यस पेशाबाट बिस्थापित हुने सम्भावना हुन्छ। बेला नबित्दै बुद्धि पुर्याउन नसके भोली ‘नरहे बाँस नबजे बाँसुरी’ बाहेक केही नहुने हाम्रो बिश्लेषण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com