थाहा नपाउनोस्, हुण्डीबाट पैसा कसरी पठाईन्छ ?

प्रकाशित मिति: २४ माघ २०७५, बिहीबार ०२:३६

बिना खर्चमै नगद नारायण घरमै आइपुग्ने एउटा बाटो हो- हुण्डी । पैसाले हुण्डीरोडबाट यात्रा गर्दा दुईवटा कुकाम गर्छ – सरकारलाई राजस्व तिर्न नपर्ने र प्राप्त रकमको श्रोत खुल्न नपर्ने ! यस्तै अपराधमा संलग्न ८ जना बिरुद्ध राजस्व अनुसन्धान बिभागले ४ अर्व १६ करोड बिघो दाबी गरि जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको छ ।

मुद्दा दायर गरिएकामा, रामेश्वर शाह, मीनदेवी शाह, बिजय यादव, मोख्तर अहमद्, सन्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पु कुमार दाश रहेका छन् । हुण्डीरोडको यात्रा अर्थतन्त्रको रोग हो, पथप्रदर्शक र यात्रीहरु रोगी हौँ ! यो रोग निकै पुरानो भई सकेको छ । यति पुरानो कि ऐंजेरु पलाई सकेको छ ।

देशका हजारौं घरानीयाँहरु हुण्डी कारोबारमा संलग्न छन् तराईका ८ जना यादव, ठाकुर मात्र होइन ! हजारौं मध्ये ‘केहीलाई कारबाहीको डण्डा लाउने, बाँकीलाई सुरक्षित भाग्न सघाउने’जस्तो गर्नु हुन्न ! यो कामलाई हुण्डिको बाटो, गल्लि, सुरुङ्ग सबै भत्काउने अभियान चलाउनु पर्छ .! त्यसो गर्न सकिन्न भने यिनलाई नचलाए राम्रो, कहिलेकाहीँ चन्दा त लिन पाइन्छ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com