झापा, गौरादहबाट कान्छी ताजपुरीया, माईली ताजपुरिया, माइस्थान, बिरगंजबाट कुर्मान हवारी, बिरमान हवारी अनि…

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार ०४:१४

 

आज रेडियो दिवस । सबैलाई शुभ कामना । अहिले टोलैपिच्छे रेडियो छन् । कुन कार्यक्रम कसले चलाउँछ, कतिखेर बज्छ, थाहा नै हुन्न । रेडियो नै सुचना, मनोरञ्जन र शन्देशको माध्याम भएको बेला सबै थाहा हुन्थ्यो । यति बजे नाटक आउँछ । यो बार ‘दिन प्रतिदिन’ बज्छ । पत्रमित्रता, अनुरोध संगीत, चौतारीजस्ता कार्यक्रम कम्ती मन पर्दैनथ्यो !

रेडियो पेकिङको नेपाली सेवा, बिबिसी लण्डनको अन्तराष्ट्रिय समाचार , आकासवाणी खर्साङ लगायतको लोकप्रियता ! अहा !!

रेडियोको लोकप्रियताको त्यो युगका केही चर्चित कार्यक्रम, सञ्चालक र प्रश्तुती समेटेको छु । तपाईंले संझिएका कुरा थप्दै जानोस् । जय रेडियो, जय रेडियो दिवस ।


-‘यो आलिट्या (अल ईण्डिया) हो । अब मनी बालाबाट समाचार सुन्नुहोस् ।’

-‘आकासबाणी रेडियोबाट गोर्खा राइफल्स कार्यक्रमबाट म लेस नायक मनिकुमार हुँ । मेरो घर फलाना ठाउँ हो । कार्यक्रम सुन्नेले मेरो बाबा आमालाई संझना, छोराछोरीलाई नमस्कार तथा श्रीमतीलाई सेवा ढोग सुनाई दिनुहोला ।’

-‘झापा गौरादहबाट कान्छी ताजपुरिया, माईली ताजपुरिया र राम प्रसाद ताजपुरिया’, बिरगञ्ज माईस्थानबाट कुर्मान हवारी, विरमान हवारी आदीले यो गित अनुरोध गर्नु भएको छ . सुनौं, मेलावादेबिको आवाजमा – सिरुपाते खुकुरीको कति लाग्ने कर्द ।’

-‘आओ मेरो प्यारा भाइ बैनी हो, रेडियो नजिक आओ । लौ त, साँझको साढे पाँच पनि बज्न लाग्यो । म दाजु वाशुदेव मुनाल, प्रभात विजयानन्द र दिदी नूपुर भट्टाचार्य तिमीहरुको साथमा हुनेछौं ।’

-‘सधैंको शनिबार झैं आजपनि म उपस्थित भैसकेको छु, पाण्डव सुनुवार, कार्यक्रम फोन ईन लिएर । हँ त भन्नोस्, कहाँबाट को बोल्नु भयो ?’

-‘बिहानको यो धार्मिक कार्यक्रममा म पुरुषोत्तम सापकोटाको नमस्कार । त श्रोताबृन्द, महा भारतमा भनिएको छ, यदा यदा हि धर्मस्य ग्लार्नि भवतु भारत । अर्थात् जब जब धर्मको नाम लिएर भारतले गाली गर्न थाल्छ तब तब हामी मौन बस्नु पर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com