पुर्व अर्थमन्त्रीले वर्तमान अर्थमन्त्रीलाई किन यसो भने …..

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार ०४:१२

एउटा रात्रीभोजमा बिभिन्न पार्टीका भिन्न भिन्न  नेताहरु बिच भएको कुरा…

नेकपा नेता  : (कांग्रेससँग) ‘आफ्नो पालामा माखो नमार्ने, हाम्रो बिरोध मात्र गर्ने ?

कांग्रेस नेता : तपाईँहरु पो साँढेकाे ‘साँढ’ खेलाएर बस्नु भएको छ । कार्यकर्ताहरु झर्ला र खाउँला भनेर भाँडाे थापेर बसेका छन् । हाम्रो त भाँडै घोप्टियो । तपाईँको भाग खोस्न खोस्न लागे झैं गर्नु परेन त !

वर्तमान अर्थमन्त्री : ‘हैन, तपाईँले भन्न खोजेको के हो, यो भ्रष्टाचार सबै मेरै पालामा भएको हो र ?’पुर्व अर्थमन्त्री : ‘मैले चोर औंलो न तपाईँलाई देखाएँ, बाँकी ४ औंलाले मलाई छोड्या छ र !’

नेकपा कार्यकर्ता : ( कांग्रेससँग ) ‘तपाईँहरुका आफ्ना मुद्दा केही छैनन् ? कहिले केसीका कुरा, कहिले बिदेशीका कुरा, ऐले फेरि गीतका कुरा अचम्मै भयो त !’कांग्रेस कार्यकर्ता : ‘पाँच बर्षसम्म मर्नु हुँदैन, बाँच्न कठिन छ !  बिचको बाटो समाएको, खै कुरो बुझेको !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com