पशुपतीको गीत र युट्युबको व्यापार : समाचार सार

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार ०८:२७

डाक्टर गोविन्द केसीको अनसन मुद्दा सकिएको धेरै समय बित्न पाएकै थिएन । दुई दिन अघि देखि फेरी पशुपति शर्माको गितको सन्दर्भ  उत्तिकै विवादित र चर्चित भएको छ ।’देश, सरकार , पार्टी, पार्टी कार्यकर्ता र संबैधानिक सँस्थाको मर्यादामा  आँच पुर्याउने शब्द प्रयोग गरिएको’ भनेर आपत्ति आएपछि पशुपती स्वयमले गीतलाई ‘रि-एरेन्ज’ गर्ने बताए । तर, हुबहु यूट्युवमा राख्न लोकदोहोरी समाजले अनुरोध गर्यो । सामाजिक सञ्जालमा गीतको पक्ष र बिपक्षमा स्वर टकराउन थालेकाछन् ।

सामाजिक सञ्जालका साधनको कुनै कमि छैन । हात-हातमा मिडिया छन् । बिषयलाई भाईरल बनाएर  डलर आर्जन गर्ने यो सजिलो उपाय कसैले छोड्ने वाला छैन ।

संप्रेषण गर्ने संदेश नपाएर ‘कतिखेर झर्ला र खाउँला’ भनेर पछ्याइ रहनेले मुख मिठ्याउनु त स्वभाविकै हो । तर, गित गाउनेले मात्र होइन सुन्नेले समेत चर्को बजाउनु हुँदैन । किनकी अरुको निजी र सामाजिक जिवनमा आँच पुगोस् भन्ने भुलेर निहु खोज्नु पनि हुँदैन ।

श्रष्टामाथि कसैले नियन्त्रण गर्नुहुन्न । आफ्ना सिर्जना सम्प्रेषण गर्न सबै स्वतन्त्र छन् । तर, एउटा बिषयलाई समाएर सिंगो राष्ट्रको ध्यानलाई त्यसैमा अडकाएर घिसारि रहने कुराले कसैको हित नगर्ने गजुरियल ठम्याई छ  ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com