‘२५ हजार दिएको हैन, घोषणामात्र गरेको हुँ ।’ – माननीय   उमरेश कुमार सिंह

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलवार ०२:५०

 

पत्रकार : ‘रबीन्द्र मिश्रज्यू, तपाईँलाई बिदेशी डलरवादी नेता भन्छन् नी ?’

रवीन्द्र  मिश्र :  ‘कुरो सत्य हो । फरक यति हो, अरु पार्टीले देशमै एनजिओ मार्फत डलर मगाए, मैले आफैं लिएर आएँ !’
समर्थक : ( बावुरामसँग ) ‘तपाईँ त बिचारमा चिप्लिनु भयो रे नि कम-रेट ?’

बावुराम : ‘हो नि, म चिप्लिएँ बिचारमा, अरु चिप्लिदैछन, सत्ता र भत्ताको अचारमा !’
पत्रकार : (उमरेश कुमार सिंहसँग) ‘२५ हजार घोषणा गरे झैं अरु क-कस्लाई दिने योजना छ ?’

उमरेश कुमार : कहाँ दिएको छु, मैले त घोषणामात्र गरेको हुँ !  अरे, घोषित सबै कुरा पुरा गर्नुपर्छ र !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com