‘यार अख्तियार ! राजिनामाले नुहाउँदैमा घुसको हिलो पखालिन्छ ?’

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलवार ०३:४४

भ्रष्टाचार र अनियमितताको किल्ला तोड्न पठाइएका लडाकुहरुले डाकु शैलिमा आफ्नै कित्ता हत्याउन थालेपछी  कसलाई बिश्वास गर्ने ? जनता अलमलमा छन् ।

प्रसङ्ग अख्तियार खायुक्त लाजनारायण पाठक’हरु’को हो ।
‘हरु’ यसअर्थमा कि यस्ता यारहरु थुप्रै होलान् ! घुस मागेको प्रमाणपछि उनले राजीनामा दिएका छन् । तर, के राजिनामाको चिसोपानीले नुहाउँदैमा भ्रष्ट चरित्रमा लागेको हिलो पखालिन्छ ? पक्कै पखालिदैन  ।

यदी पखालियो भने यो अन्य ‘लाजनारायणहरु’लाई घुस खान हौसला हुनेछ । अत: उनको राजिनामाको अश्त्र अपराध छोप्ने वस्त्र हुनुहुँदैन । फेदैदेखी अनुसन्धान गरेर  हदैसम्मको कारबाही हुनुपर्छ । यो नै सदाचारको नियम हो ।

महान्यायाधिवक्ताको कार्यालयले कारवाही गर्न मिल्छ भनेको छ । तर अख्तियारले उनलाई कारवाही गर्ला ?

कुनैपनि संबैधानिक निकायमाथि शंका जाहेर गर्नु राम्रो होईन । तर, यी निकायप्रती अहिले  शंकै शंकाको लंका छ । कुनबेला बिद्रोहको आगो लाग्छ, थाहा हुन्न ।

भन्नुको तात्पर्य अविश्वासको ठुलो भड्खालो परेको छ । सरकार र प्रतिपक्षबीच शंका चुलिएको छ । कलाकार र सरकारबीच शंका हुलिएको छ । जनता र नेताबीचको सम्बन्ध भुलिएको छ । अपराध र अपराधिबीचको सम्बन्ध गुलिएको छ ।

यो गोलमाललाई अन्त्य गर्न अख्तियारले आफ्ना पुर्व यारलाई कारवाही गर्ला ? कि, सर्पले सर्पकाे खुट्टा देख्ला भनेर सबै तैं चुप्, मैं चुप् बस्लान् ! तपाईलाई के लाग्छ !!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com