१८ जना कालेले गरे एउटै भालेले सिकार :  समाचार सार

प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार ०३:३२

कुरा भ्रष्टाचारकै हो । माघ ८ गतेको ‘अनलाइन खबर’ले लेख्छ- सल्यानका तत्कालिन स्थानीय विकास अधिकारी सहित १८ जना बिरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काण्ड के रहेछ भने- बागचौर नगरपालिका ५, बागेश्वरीमा बिधुत लाइन विस्तारकालागि सांसद कोषबाट रु. १० लाख आएको रहेछ । शिवरथ गाउँपालिकाबाट प्राप्त ५ लाख उपलब्ध भएछ । यही १५ लाखमाथी स्थानीय विकास अधिकारी, पधिकारी, भकारी मिलेर भाग शान्ती जय नेपाल गरेछन् ।

केही रकममात्र अधुरो र कमसल काम गरि बाँकी कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी समेतको मिलेमतोमा भ्रष्टाचार गरेको ठहर अख्तियार दुरुपयोगले गरेर मुद्धा दायर गरेको रहेछ ।

अख्तियारले औंल्याएका नौ दुना दुई = १८ जनाएको मा तत्कालिन स्थानीय विकास अधिकारी खिमबहादुर रायामाझी, प्रमुख जिल्ला इन्जिनीयर जगदिश शर्मा, ले.अ. प्रकाश केसी, बगैंचा न. पा की प्रशासकीय अधिकृत निर्मला मल्ल, ले. अ. तोरण प्रसाद घिमिरे रहेका छन् ।

त्यसैगरि, तत्कालिन सल्यान जिल्ला विकास समितिकि कर्मचारीहरु क्रमश ना. सु. जिवराज के सी, ई. कृष्ण पण्डित, स.ई. प्रेम ब. बस्नेत, बागचौर न. पा का अ. ई . तोरण ब. विष्ट, स. ई. थमन योगीका साथै शिवरथ उपभोक्ता समितिका पदाधिकारीहरु क्रमश, ईन्द्र ब भण्डारी, बिरेन्द्र प्र. ओली, त्रिपुरा ओली, थल ब. बस्नेत, शिव प्रसाद पुन, र पार्बती पुन समेत रहेका छन् ।

हाम्रो बुझाई के हो त ? के हो भने ‘घर फोरिनु भन्दा ठुलो कुरा चोर पल्कनु’ खतरा हो ।’ हेर्नोस् त, चोरको पनि ठुलै जत्था, १८/ १८ जना पो रहेछ !

यति ठुलो जत्थाले १५ लाखको सानो झुपडीमा समेत र्याल काढेको देख्दा यि सिकारु चोर हुन् वा दुले चोर अनुसन्धान गर्नु पर्ने देखिन्छ ।

विकास वा अन्य सामुहिक काम गर्नुपर्दा २/४ जनाबिच तानातान, भनाभन र हानाहान त हुने गर्दथ्यो तर १८/१८ जना मिलेर  गनागन समेत हुँदाे रहेछ ।

अरु बेला पार्टी, क्षेत्र, वर्ग, मान, पदका नाममा अन्धो हुने मानिसहरुकाे तेश्रो नेत्र बाँडी खाने कुरामा चाहीं कसरी खुल्दो रहेछ ! अख्तियारले यो पत्ता लगाउनु पर्यो यार !!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com