केपी वलीको रिस नियमावलीमाथी…

प्रकाशित मिति: १० फाल्गुन २०७५, शुक्रबार ०२:१२

समाचार समानुपातिक सांसदसँग सम्बन्धित छ ।  बिषय, सांसद क्षेत्र विकास कोषको रकम खर्च गर्दा समानुपातिक सांसदको पनि सहमति लिनु पर्ने भन्ने हो । तर, सो कुरा नियमावलीमा नपरेको भन्दै सम्वन्धित सांसदहरुले संसदमा विरोध गरेका छन् ।

विरोधको डाङ्डुङ् शैली त पुरानै हो तर यहाँ  च्यातचुतको नयाँ शैली प्रकट भएको पाइयो ।

च्यातचुत विरोध शैली अबलम्वन गर्दै ‘ताननीय’ अर्थात् समानुपातिमा तानिएकी  सांसद उमा रेग्मीले  आफ्नो असहमति  रहेको भनि नियमावली च्यात्नु भएछ ।

‘आफ्ना हात जगन्नाथ‘ भने झैँ  पाएको कागज दुइवटा हातले दुई छेउमा समाएर सरकारका मन्त्रीकै अगाडि चर्यात्त पार्दा उहाँलाई मज्जा त आयो होला तर यो केवल तातो फुर्तीमात्र हो भन्ने गजुरीयल टिप्पणी छ ।

{                                                                  फोटो तानतुन डट कम}
जनताको टिप्पणी अलि कडै छ ।  वहाँले ताननीयको  नैतिक मर्यादा उपर नै धावा बोल्नु भयो भन्ने धेरैको धारणा छ ।
आफुलाई नभए भाँडमै जाओस्’ भन्ने हो भने हाम्रो भन्नु केहि छैन तर  अधिकारमा भरपुर रोमान्स गर्न चाहने एउटा बटुवाले पनि दायाँ वायाँ नहेरी हात हल्लाउन समेत पाइँदैन भने आफैं विधि बनाउने र थिति बसाउने अगुवाले बाटैमा बिस्ट्यायो भने बाटो सफा गर्ने को होला  !

त्यो नियमावलीमा धेरै ‘जितनीय’ यानिकी निर्वाचित सांसदहरु मार्फत् जिताउने जनताको पक्षमा विकासका लागि जाने रकम लगायत अन्य विषय समेतको समेटिएका छन । सारमा यहाँ अधिकार खोज्दा कर्तव्य विर्सिएको आभास हुन्छ । जो अगुवा उही बाटो बिगारुवा भएपछी त्यहाँ हामीले आभास गर्ने त हो नि, आवास गर्ने कुरो भएन । कसो !!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com