बाघसँग याे कस्तो रिलेसन !

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आईतवार ०५:२५

शिक्षक : (एक विद्यार्थीसँग) ‘मानौं, तिमी एउटा घना जंगलमा छौ । अचानक तिम्रो अगाडि एउटा बाघ देखा पर्यो – के गर्छौ ?’

विद्यार्थी : ‘दौडेर जान्छु र रुखमा चढ्छु सर ।’

शिक्षक: ‘बाघ रुखमै चढ्न थाल्यो भने ?’

विद्यार्थी: ‘नजिकैको पोखरीमा हाम फाल्छु ।’

शिक्षक: ‘त्यहाँ पनि बाघ आयो भने नि ?’

विद्यार्थी: (रिसाउँदै) ‘बाघ तपाईको नातेदार हो र उसकै पक्ष लिएर बोल्नु भएको सर ?’
☺
भुन्टे विवाह गर्न केटी हेर्न गएछ । ‘केटीका बाबु सोधे – ‘तपाईँ अल्कोहल पिउनु हुन्छ ?’

भुन्टे : ‘यसकोलागि भरेलाई योजना बनाउँ, ऐले चिया नै खाउँ !’

केटीका बाबु : ‘तिमी यहाँबाट खुरुक्क जाउ, ‘चिया’ पसलमा किनेर खाउ !’
☺

भुन्टे हेलमेट लगाएर सडकमा निस्कियो…

ट्राफिक : ‘एक हजार निकाल्नुस् ।’

भुन्टे : ‘मैले त हेल्मेट लगाएकै छु त जरिवाना किन ?’

ट्राफिक : ‘ए मुर्ख बाईक खोई त ?’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com