भाडामा बस्नेले भुकम्प आउँदा के गर्ने, थाहा पाउनुस्…

प्रकाशित मिति: १४ फाल्गुन २०७५, मंगलवार ०३:१७

भुन्टे र पुन्टे सँगै डेरा बसेका थिए । अचानक रातमा भुकम्प आयो ।

भुन्टे : (मस्त निदाएको फुन्टेसँग) ‘ए पुन्टे उठ् । भुकम्प आएर घर भत्काउन लाग्यो ।’

पुन्टे : ‘चुप लागेर सुत्, निन्द्रा खराब नगर् । घर भत्किन्छ त साहुको जाने हो, बाउको के जान्छ !’

😊

शिक्षक : (एक लद्दु विद्यार्थीसँग) ‘भन त, तिमीलाई परिक्षामा के कुरा लेख्न मज्जा आउँछ ?’

विद्यार्थी : ‘समय छउन्जेल पेन टोकेर बस्नु, उत्तर पुस्तिका खाली छोड्नु र अन्तिम पेजमा लेख्नु – ‘हिम्मत भए पास गरेर देखा !’
😊
जंङ्गे टिल्ल भएर घर फर्कंदै थियो । बाटोमा चिप्लिएर फोहोरको डुङ्गुरमा झरेछ । ठिक त्यसैबेला बिजुली चम्कियो…

जङ्गे  : ‘हे भगवान, म यो फोहोरमा लडेकै समयमा कस्ले फोटो खिच्यो होला !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com