सबैभन्दा सजिलो प्रश्न : सबैभन्दा सजिलो उत्तर

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार ०२:२३

संचित : (कन्चनसँग) ‘विवाहमा बेहुलालाई घोडामा चढाएर

लगिन्छ । तर, गधामा किन चढाइँदैन ?’

कन्चन : ‘दुइवटै गधा एकै पटक बेहुली घर नपुगुन् भनेर !’

😊
परिक्षाहलमा विद्यार्थी अनकनाई रहेको देखेर गार्ड बसेका शिक्षकले सोधे…

शिक्षक : ‘के तिमीलाई प्रश्नको अर्थ बुझ्न कठिन भयो ?’

विद्यार्थी : ‘हैन सर, उत्तर सोच्न चाँहि बढी कठिन भयो !’

😊
छोरी : ‘आमा, आज मेरी साथी हाम्रोमा आउदैछे, मेरा सबै कपडा लुकाउँछु ल ।’

आमा : ‘किन ?  उसको कपडा चोर्ने बानी छ र ?’

छोरी : ‘हैन क्या, उसले आफ्ना कपडा चिन्ली भनेर नि !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com