भारत-पाकिस्तान लड्दा बिरगंजमा किन निस्कियो हुलुस : आजका हेड लाईन

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार ०२:५८

‘वास्नादार बिदेशी होइन, स्वदेशी चामल खाउँ’ : प्र. म. ओली
खाँट्टी स्वदेशी त मार्सी नै हो नि प्रधानमन्त्रीज्यू, तर जनतालाई पुग्दैन !

सानेपामा ने.बि. संघ कार्यकर्ताबीच झडप, प्रहरीद्वारा पत्रकार पनि कुटिए
कम्युनिष्ट अधिनायकवाद बिरुद्ध लड्न आन्तरिक गृहकार्य !

विप्लवको ट्याक्टिस: दिल्लीलाई चलाउने, ओलीलाई गलाउने
आफ्नै घरमा आगो सल्काउन शत्रुको सहारा !

अमेरिकी मन्त्रीलाई चिनियाँ राजदुतको जवाफ: नकारात्मक टिप्पणी होइन, लगानी गर
अमेरिकी मन्त्रीको जवाफ – ‘हाम्लाई हेर्न गाह्रो भो सस्तो मुल्यमा विश्व बजार नभर !’

‘द्वन्दकालका प्रतिनिधिमुलक घटनामा कारबाही गर्छौं’ : प्रचण्ड
‘कमरेड बालकृष्ण ढुङ्गेललाई जस्तै कारबाही त होला नि !’

भारतीय आक्रमणको समर्थन गर्दै वीरगञ्जमा राजपाको प्रदर्शन
काठमाण्डौमा खेती लगाउन पर्मा लगाएको, पछि सघाउला भनेर !

महाकाली सन्धीअनुसार नेपालले पानी पाउनु पर्छ: प्र. म. ओली
आस नगरौं । मोदीले भनिसके- नानी और पानी पहाडमे नहि टिकती ।

तस्वीर सभार:(सामाजिक सन्जाल)

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com