यी चारवटा चुटकिला जसले तपाईंको आजको दिन रमाईलो बनाउनेछ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७५, आईतवार १२:५५

डिल्लेले रक्सी खान  थालेको २० बर्ष भएछ । उसले सोमेसँग घमण्ड गर्दै भनेछ – ‘मेरो त ३ क्वाटर पचाउने क्यापासिटी बिकास भएको छ, केही पनि हुँदैन ।’

सोमे : ‘होस गर् है मुलाका साग, बिकास भएको होइन, लिभरको थाहा पाउँने क्षमता घटेको हो !’
😊
न्यायाधिस : ‘तिमीले एउटै पसलमा तिन तिन पटक चोरी किन गर्यौ ?’
चोर : ‘त्यो पसलको बोर्डमै लेखेको रहेछ – दोहोर्याएर अाउनु होला !’
😊
संकेत : (विवेकसँग) ‘तेरै बाबु टेलर चलाउने, तँ नै फाटेको सर्ट लगाउने ! लाज लाग्दैन ?’
विवेक : तेरो पनि  बाबु डेन्टिस्ट, तैरै बहिनी जन्मदा थोते जन्मने !’
 😊
गुरु : ‘रोहन, तिमीसँग १५ दाना स्याउ छन् । ६ वटा रीतालाई, ४ वटा सीतालाई र ५ वटा सरीतालाई दियौ भने तिमीले के पाउँछौ ?’
रोहन : ‘३ ‘ता’ नयाँ गर्लफेण्ड पाउँछु सर !’
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com