लोभी डाक्टरका बाबुछोरा एउटै प्रेममा परेपछि…

प्रकाशित मिति: २० फाल्गुन २०७५, सोमबार ०३:००

 

तिनजना डाक्टर बाटोमा हिडिरहेको समयमा परबाट एउटा बटुवा खुट्टा खोच्याउँदै आएको देखेर आपसमा कुरा गर्छन्।।।

पहिलो डाक्टर : ‘उ त्यो मान्छेको खुट्टाको हड्डि फुटेको हुन सक्छ !’

दोश्रो डाक्टर : ‘हैन, त्यसको दिमागको नशा टुटेको हुनसक्छ !’

तेश्रो डाक्टर : ‘उसैलाई सोधौं न, किन अनुमानमात्र गर्ने भन्दै- ए भाई तिम्रो हड्डि फुटेको कि नशा टुटेको ?’

बटुवा : ‘आस नगरे हुन्छ डाक्टर सा’ब, न फुटेको हो, न टुटेको हो, चप्पलको फिता चुँडिएको हो !’
😊

गर्लफ्रेण्ड : ( ब्वाईफ्रेण्डसँग) ‘मसँग तिमीले के देख्यौ र मलाई प्रस्ताव गर्यौ, भन त ?’

ब्वाईफ्रेण्ड : ‘के देख्नु, सबै कुरा हेर्नकै लागि पो प्रस्ताव गरेको !’
😊

रोहन : (बाबुसँग) ‘बुबा मैले फेसबुकमा ५ वटा फेक आइडी बनाएको छु नि !’

बाबु : ‘फटाहा, बेबकुफ ! तेरो अरु केहि काम छैन र गलत काममा लाग्छस् !’

रोहन : ‘तनाव नलिनु बुबा, तपाईं २ महिनादेखि जुन ‘रश्मी’लाई पट्याउन खोज्दै हुनुहुन्थ्यो नि -त्यो मै हुँ !’।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com