नयाँ शैलीको गेट-टुगेदर, डाक्टरको उपचार गर्ने बिरामी…

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलवार ०२:५९

 

रोहन : ‘बुबा, भोली स्कुलमा सानो गेट-टुगेदर छ, जानुपर्छ है !’

बाबु : ‘अहा ! को को आउँछन् त ?’

रोहन : ‘तपाईँ, म र प्रिन्सिपल !’

😊

विवाहको पार्टीमा एउटी युवती कुर्सीमा बसेर डान्स हेरिरहेकी थिइन् । यसैबेला एक युवाले खुसुक्क साेधे…

युवा : ‘तपाईँ नाच्न चाहनु हुन्छ ?’

युवती : ( अलि लजाउँदै ) ‘हजुर, अवश्य !’

युवा : ( सप्रेम ) ‘त्यसोभए यो कुर्सीमा म बस्छु न है !’

😊

अस्पतालमा भर्ना भएको एक विरामी मध्यरातमा चिच्याउँछ…

विरामी : ‘मलाई पानी दिनुस् न, पानी पाउँ न प्लिज !’

नर्स : ‘पानी पिउँन मन लाग्यो ?’

विरामी : ( अलि झर्किदै ) ‘हैन, घाँटी चेक गर्न !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com