लिफ्टमा राष्ट्रपती अड्किएपछी भर्याङको प्रयोग…

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार ०१:५२

महामहिम राष्ट्रपतिले पोखरामा लिफ्टको उद्घाटन गर्नुभयो । यो अपाङ्ग र जेष्ठ नागरिकको सहजताकालागि बनेको हो । हुण्डाई मोटर कम्पनी र लक्ष्मी ग्रुपले यसको खर्च गरेको हो बिकास हुनु राम्रो हो। बिन्दबासिनीका दर्शनार्थी सबैलाई बधाई छ ।

             (तस्वीर: सामाजिक सन्जाल)

तर, लिफ्ट भनेको विद्युतीय भर्याङ् हो । एउटा भर्र्याङ्को उद्घाटन गर्न रास्ट्रपति ! अलि हजम भएन कि !! आयोजकले ‘तोला तौलिन तुलोको प्रयोग’ गरेको हो, राष्ट्रपतिज्युले पनि ‘घाँटी हेरी हाड निल्न’ बिर्सिएकै हो ।

ब्यापारीको धर्म व्यापार हो । उनिहरुसँग ‘सुन जोख्ने तुलो माग्दा घिउ जोख्ने भाँडाे भिंडाउने’ कला हुन्छ । हुन्डाई र लक्ष्मी ग्रुपले यही कला प्रयोग गरेका हुन् । यो समाजरुपी रङ्गमन्चमा सबैले आफ्नो आफ्नो कला देखाउने नै हो ।

तर भर्याङ उद्घाटनमा राष्ट्रपतिको एक्टिङ राम्रो भएन । यो रोल त्यहीँका मुख्यमन्त्री, मेयर वा सभासदले गर्न सक्थे । उनिहरुबाटपनी हुन्डाई कम्पनीले आफ्नो ‘धर्म’ प्रचार गर्न सक्थ्यो ।

राष्ट्रपतिले राष्ट्रपतिकै रोल गर्नुपर्दथ्यो तर कुनै कम्पनीको सिईओजस्तो भयो । राष्ट्रपतिको कार्यक्रम र योजना मिलाउनेहरुका कारण एउटा मर्यादित सँस्था पटक पटक विवादमा आउने गरेको छ । बुढापाकाहरुले यसैलाई भन्छन्- ‘केटाकेटी आए गुलेली चलाए मट्याङ्ग्राको सत्यानास् !’

मन्दिररको स्तर उन्नती हुनु राम्रो कुरा हो । ताप्लेजुङको पाथीभरा, दोलखाको कालिन्चोक, काठमाण्डौंको चन्द्रागिरीमा पनि दर्शनकै सजिलोका लागि ठुल्ठुला ‘तारमा झुण्डिने कार’ नै बने, बन्दैछन् । सबैको उद्येश्य सेवासँगै मेवा लिने नै हो । मेवा फल्न छोड्यो भने गोडमेल गर्न छोडेर सुँइकुच्चा ठोक्ने खतरापनी हुन्छ । अनि दुनियाँले भन्नेछन्- ‘राष्ट्रपतिको भर्याङ दुईदिनमै भाँचियाे !’

हिजोको अनुभवले आजलाई र आजले भोलीलाई परिष्कृत गर्ने हो । घटना पटक पटक दोहोर्याउनेलाई हुस्सु भनिन्छ ।

रास्ट्रपतिले उद्घाटन गरेको लिफ्ट लड्यो भनेको सुन्नु नपरोस् । सेवाका नामा मेवा किन्नु नपरोस् । सिङ्गो देशको बोक्नुपर्ने सँस्था व्यापारी बिशेषको भर्याङ बनेको देख्नु नपरोस् । बिन्ध्यावासिनी माताले सबैलाई सतबुद्धि दिउन् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com