बुबाको रहश्यमयी कालो कोट…

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आईतवार ०२:००

बाबु : ‘छोरा, तिमीलाई कस्ती पत्नी मन पर्छ ?’

छोरो : ‘चन्द्रमा जस्ती बुबा, जो रातमा, आओस् प्रभातमा जाओस् !’
😊

डाकाले क्यासियरलाई बाँधेर बैंक लुटे । जब उनीहरु पैसा लिए बाहिरिन खोज्दैथे…

क्यासियरले अनुरोध गर्दै भने – ‘प्लिज, त्यो हिसाव रजिस्टर  लिएर जानुस् ।  मेरो हिसावमा पनि एकलाख नपुग छ !’

😊

भाडावाल : ‘साहुजी, यो तपाईँको थोत्रो घरमा  रातभर मुसाको बथान दौडन्छन्, हैरान बनायो !’

घर मालिक : ‘ए भाई, यति सस्तो भाडा तिर्छौ, मुसा नदौडेर के घोडा दौडन्छ त !’

😊

लोभी पिता : ‘छोरा, तिमी पढेर एउटा ठुलो वकिल बन्छौ भन्ने ठुलो आशा छ ।’

छोरा : ‘किन वकिल बन्दा मात्र खुशी  पिताजी ?’

लोभी पिता : ‘मैले प्रयोग गरेको कालोकोट काममा आउने आशामा छोरा !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com