सिके त सिके तर के सिके ? कहाँ सिके, कसरी सिके, किन सिके ?

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार ०६:४५

सिके र सरकारले संझौता गरेका छन् तर संझौतामा के छ ? त्यो उनिहरुलाई नै थाहा छ कि छैन ? मलाई थाहा भएन । किनभने सम्झौताको मसी सुक्न नभ्याउदै काठमाण्डौको सदनमा बादल गर्जिहाले- ‘सबै समस्याको समाधान जन-अभिमतबाट गरिनेछ ।’ तुरुन्तै जनकपुरकाे सडकमा सिकेका नारा उर्लिहाले- ‘जन-अभिमतका अर्थ ‘अभिका अभि जनमत सङ्ग्रह’ करिनेछ !’

(तस्वीर सौजन्य : सामाजिक सन्जाल)

अब भन्नोस् – सरकारले सिकेलाई सुँघाएकाे हो कि, सिकेले सरकारलाई फँसाएकाे हाे कि, सिके-सरकार मिलेर दुनियाँलाई हँसाएकाे हाे ? कुरो कहानीमा अल्झिएको छ ।

हिजो राष्ट्रिय अखण्डता सिध्याउन खण्ड–खण्डताको खाडल खनेका सिकेले एक्कासी त्यो खाडल कसरी पुरे ? नेपाल आमालाई आमाचकारी भन्ने उनलाई राष्ट्रप्रेमी केपीले किन ताली ठोके ? नेपाली दिदीलाई बैनीकचारी गाली गर्ने सिकेले पिके (पुष्पकमल)सँग माफी मागे कि ‘ठिक है, ठिक है’ भन्दै अँगालाे हाले हाेला ! स्वतन्त्र पुष्टी भएको छैन ।

रत्नाकार ‘बाल्मिकी’ बने । अंगुलीमाल ‘भिक्षु’ भए, प्रचण्ड ‘पुष्पकमल’ हुनपुगे । सिकेपनि चन्द्रकान्त बन्न सक्छन् । तर, ‘सिके’ साँच्चै ‘चन्द्रकान्त’ बनेका हुन् कि ‘चतुरकान्त’ हुन खोजेका हुन्  ? हेर्न बाँकी छ ।

यो ९० डिग्रीको युटर्न सिकेले आफैं सिके कि कसैले सिकाए ? सिकेभने के सिके ? सिके कि बिके ? सिकेको सिप के हो ? सिकेको सीप देशलाई काम लाग्छ ? सिके र पिके समान हुन् त ? के सिके आफ्नो अडानमा टिके ? टिके पो सिके नत्र के सिके ! टिकेको तिनमन्त्र जे हो, सिकेको त्यही हो ? सिकेले सम्झौताबाट हात झिके भने के होला पिके ?

यी प्रश्नको उत्तर नआउन्जेल ‘किप प्रेसरिङ टु सिके, पिके एन्ड केपी ।’ जय नेपाल ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com