सगरमाथाभन्दा बढी बरफ पाईने हिमालपनी नेपालमै …

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार ११:४१

 

बाबु : (नर्सरी पढ्ने आफ्नो बच्चासँग)  ‘न रोउ छोरा, बाघको बच्चा कहिल्यै रूँदन !’

बच्चा : ‘बाबा, बाघको बच्चा कहिल्यै स्कुल पनि जाँदैन नि !’

😊

प्रहरी : ‘आमा, तपाईँ धन्यवादको पात्र हुनुहुन्छ किनकी एउटा नामुद डाकुलाई कुट्न सफल हुनु भयो !’

महिला : ‘मलाई के थाहा, त्यो बिचरा डाकु हो भनेर !  मैले त  मेरै पतिदेव स्यान्ताराम पिएर आउनु भएछ भन्ठानेँ !’

😊

रोहन :’अफ सिजनमा पनि सधैं  ट्वाक ट्वाक बरफ कहाँ झर्छ ?’

प्रकाश : ‘विस्कीको गिलासमा !’

😊

टिचर : ‘१५ प्रकारका फलफुलको नाम भन त !’

विद्यार्थी : आँप ।

टिचर : ‘गुड ।’

विद्यार्थी : ‘मेवा र स्याउ ।’

टिचर: ‘भेरीगुड ! बाँकी १२ के के हुन त ?’

विद्यार्थी : ‘एक दर्जन केरा सर !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com