मरुभुमीमा रुखैरुख देख्ने चमत्कारी मान्छे…

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलवार ०१:५८

 

 

दिनेश : (लोचनसँग) ‘बैकहरुले काउन्टर अगाडी कुर्सी राख्छन् किन ?’

लोचन : ‘ग्राहकहरुलाई आराम दिन !’

रोशन : हैन !, ग्राहकको टायम किल् गर्न !’

😊

शिक्षक : सोहन, तिम्रो रिजल्ट एकदम नराम्रो आयो । भोलि आउँदा बुबालाई लिएर आउनु । नत्र..

विद्यार्थी : ‘नत्र के गर्नु हुन्छ सर ?’

शिक्षक : ‘फेसबुकमा अपलोड गरेर वहाँलाई ट्याग गर्दिन्छु !’

😊

रामे : (श्यामेसँग) ‘तँलाई पौडी खेल्न आउँछ ?’

श्यामे : ‘अहँ, मलाई त आउँदैन ।’

रामे : ‘तँ भन्दा त मेरो पप्पीनै जान्ने रहेछ, मज्जाले पौडिन्छ ।’

श्यामे : (रामेसँग) ‘अनि तँलाई पौडिन आउँछ त ?’

रामे : ‘मज्जाले आउँछ ।’

श्यामे : ‘तब, तँ र कुकुरमा के फरक भयो त !’

😊

साहुजी : (ड्रंकरसँग) ‘अझै कति पिउँछौ, अब त पुगेन ?’

ड्रंकर : ‘आज यति पिउँछु कि अगाडीका तिनवटा रुखलाई ६ वटा नदेखुन्जेल !’

साहुजी : ‘ए मुर्ख !, तिम्रो अगाडी रुखै छैनन् !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com