पुलिसले समातेको रक्सी के गर्छ…

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार ०२:५२

हवल्दार : (इनिस्पेक्टरसँग) ‘हजुर, मैले एक ट्रक रक्सी समाते, यस पछि के गरौं सा’ब ?’

इन्सपेक्टर : ‘अब एक ट्रक सोडा र एक ट्रक लोकल कुखुरा पनि समात !’

😊

नरेश : (साथीसँग) ‘उमेश,तिम्रो साइकल केहिबेरको लागि मलाई देउ न ।’

उमेश : ‘नाँई दिन्न ।’

नरेश : ‘दिएनौ भने मेरो मन खल्लो हुनेछ ।’

उमेश : ‘त्यसोभए चिनी खाउ !’

😊

श्रीमति : (श्रीमानसँग) ‘सुन्नु न, आज  बसको कण्डक्टरले मेरो बेइजत गर्यो ।’

श्रीमान : ‘कसरी र किन ?’

श्रीमति : ‘जब म ओर्लिनका लागि सिटबाट उठें, उसले भन्यो- अब यस सिटमा तिनजना बस्नुस् त !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com